काठमाडौं – चौथो नेशनल बैकिङ्ग डिस्कोर्श २०२६ मा वक्ताका रुपमा स्प्र्रिङबेस एआईका सह–संस्थापक, उद्यमी तथा लगानीकर्ता आकाश जटिया सहभागी हुने भएका छन्। बैंकिङ्ग समाचार र बैंकिङ्ग न्यूजको संयुक्त आयोजनामा यही जेठ २७ गते हुने चौथो संस्करणको डिस्कोर्शमा चौथो सत्रको वक्ताका रुपमा जातिय सहभागी हुने भएका हुन्।
छलफलको चौथो सत्र बैंकिङ्गको भविष्यः एआई साइबर सुरक्षा अनि फिनटेक सत्रको वक्ताका रुपमा उनी सहभागी हुने भएका हुन्। उनीसँग बजार अनुसन्धान बीटुबी नेटवर्किङ र विस्तृत व्यापारिक केस विश्लेषणबाट व्यवसाय विकास प्रक्रिया पूरा गरेका अनुभव छ। उनले प्रमुख कम्पनी ‘केपीआई’ प्राप्त गर्न दक्षता र प्रभावकारितालाई अधिकतम बनाउन व्यवस्थापन टोलीहरू विकसित र सुदृढ पारेका छन्।
जातियसँग व्यवसायलाई गतिशील र प्रगतिशील संस्था बनाउनको लागि सबै क्षेत्रहरूको नेतृत्व र विकास गर्ने राम्रो अनुभव छ। साथै, उत्कृष्ट सञ्चार कौशल र विश्वभरका ग्राहकहरू, आपूर्तिकर्ताहरू र सबै सरोकारवालाहरूसँग दिगो र लाभदायक सम्बन्ध स्थापित गर्न सक्ने क्षमता समेत जातियसँग छ।
उक्त कार्यक्रममा नियामक निकाय नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय क्षेत्र, बैंकिङ्ग विज्ञ, बीमा कम्पनीहरू तथा अन्य क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहनेछ। कार्यक्रममा उद्घाटन सत्रसहित पाँच वटा सत्र गत छलफल हुनेछन्।
डिस्कोर्शमा विशेषगरी, कहिलेसम्म थुपार्ने बैंकमा पैसाः कसरी बढाउन सकिन्छ व्यवसायीको मनोबल, कृषिमा लगानी विस्तारः बैंक, सरकार र निजी क्षेत्रको भूमिका, बैंकिङ्गको भविष्यः एआई साइबर सुरक्षा अनि फिनटेक र विकास बैंकहरूको दिगोपनः योगदान, प्रतिस्पर्धा र नीतिका विषयमा सत्रगत छलफल हुनेछन्। डिस्कोर्शको पावर्ड वाइमा नबिल बैंक रहेको छ भने इभेन्ट पार्टनरमा इसेवा छ। डिस्कोर्शको टेक्नोलोजी पार्टनरमा न्यूरोजिन, नलेज पार्टनरमा काठमाडौं फिनटेक र एआई पार्टनरमा स्प्रिङ एआई रहेको छ






About Us
प्रतिक्रिया