गौतम बुद्ध विमानस्थलबाट ७ लाख ९५ हजार भारुसहित एक जना पक्राउ 


काठमाडौं – रुपन्देहीको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंतर्फ प्रस्थान गर्ने लागेको विमानबाट भारतीय नागरिकको साथबाट ७ लाख ९५ हजार भारतीय रुपैयाँ फेला परेको छ । भारतको आन्ध्र प्रदेश राज्य, प्रकाशमका भीमा श्रीनिवासको साथबाट ७ लाख ९५ हजार भारतीय रुपैयाँ फेला परेको हो । 

बुद्ध एयरको उडान नं. यु ४ ८६० मार्फत दिउँसो ३–१० बजे काठमाडौं जाने क्रममा उनले बोकेको खैरो रङको हाते झोलामा उक्त रकम फेला परेको छ । विमानस्थलको आन्तरिक टर्मिनलस्थित ह्यान्ड ब्यागेज एक्स–रे मेसिनबाट जाँच गर्दा ५०० दरका १,५९० वटा भारतीय रुपैयाँका नोट फेला पारेको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरी थप अनुसन्धान भई रहेको छ ।

Skip This