चौथो बैंकिङ्ग डिस्कोर्शः दोस्रो सत्रको वक्ताका रूपमा डा.प्रकाश कुमार श्रेष्ठ सहभागी हुने 


काठमाडौं – चौथो नेशनल बैंकिङ्ग डिस्कोर्शकाे दोस्रो सत्रमा वक्ताका रूपमा योजना आयोगको पूर्व उपाध्यक्ष डा.प्रकाश कुमार श्रेष्ठ सहभागी हुने भएका छन्। श्रेष्ठ बैंकिङ्ग समाचार डटकम र बैंकिङ्ग न्युजकाे संयुक्त आयोजनामा आगामी जेठ २७ गते हुने चौथो बैंकिङ्ग डिस्कोर्शको दोस्रो सत्र ‘कृषिमा लगानी विस्तार: बैंक, सरकार र निजी क्षेत्रको भूमिका’ मा वक्ताका रूपमा सहभागी हुने भएका हुन्।  

बैंकिङ्ग क्षेत्रको राम्रो अनुभव सँगालेका डा. श्रेष्ठले २०५४ साल मंसिर २३ गतेदेखि केन्द्रीय बैंकमा जागिर सुरु गरेका हुन्। राष्ट्र बैंक प्रवेशको ८ वर्षपछि उप–निर्देशक पदमा बढुवा भएका डा. श्रेष्ठ त्यसको केही समयमा नै निर्देशक बने। राष्ट्र बैंकमा निर्देशकका रूपमा काम गर्दै गर्दा उनी सार्क फाइनान्सको समन्वयक समेत बनेका थिए। सन् १९९६ मा अर्थशास्त्र विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहको उपाधि प्राप्त गरेका श्रेष्ठले अस्ट्रेलियाको कर्टिन विश्वविद्यालयबाट सन् २००४ मा अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्। 

उक्त कार्यक्रममा नियामक निकाय नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय क्षेत्र, बैंकिङ्ग विज्ञ, बीमा कम्पनीहरू तथा अन्य क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहनेछ। कार्यक्रममा उद्घाटन सत्रसहित पाँच वटा सत्र गत छलफल हुनेछन्। डिस्कोर्शमा विशेष गरी, कहिलेसम्म थुपार्ने बैंकमा पैसाः कसरी बढाउन सकिन्छ व्यवसायीको मनोबल, कृषिमा लगानी विस्तारः  बैंक, सरकार र निजी क्षेत्रको भूमिका, बैंकिङ्गको भविष्यः  एआई साइबर सुरक्षा अनि फिनटेक र विकास बैंकहरूको दिगोपनः  योगदान, प्रतिस्पर्धा र नीतिका विषयमा सत्रगत छलफल हुनेछन्।

डिस्कोर्शको पावर्ड वाइमा नबिल बैंक रहेको छ, भने इभेन्ट पार्टनरमा इसेवा छ। डिस्कोर्शको टेक्नोलोजी पार्टनरमा न्यूरोजिन रहेको छ, भने नलेज पार्टनरमा काठमाडौं फिनटेक रहेको छ।