यी हुन् आज नेप्सेमा सर्वाधिक कमाउने ५ कम्पनी


काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ११.३७ अंककले घट्दा समेत ५ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। आज कारोबारमा आएका ३५१ कम्पनीहरुमा कालिञ्चोक हाइड्रोपावर, उपकार लघुवित्त, ८.५ प्रतिशत लक्ष्मी बैंक डिबेन्चर २०८८, बेष्ट फाइनान्स, सिटि होटलको शेयर मूल्यमा उच्च वृद्धि देखिएको छ।

जसमा कालिञ्चोक हाइड्रोपावरको शेयर मूल्यमा १५ प्रतिशतको वृद्धि देखिएको छ। त्यस्तै, उपकार लघुवित्तको ९.७१ प्रतिशतको वृद्धि देखिएको छ। भने अन्यको क्रमशः ८.५ प्रतिशत लक्ष्मी बैंक डिबेन्चर २०८८ को ७.७० प्रतिशत, बेष्ट फाइनान्सको ७.५५ प्रतिशत र सिटि होटलको शेयर मूल्यमा ७।०६ प्रतिशतको वृद्धि देखिएको हो।

त्यस्तै, आज एबिएल डिबेन्चरका लगानीकर्ताले ४.९२ प्रतिशतका दरले गुमाएका छन्। होटल फरेष्ट इनका लगानीकर्ताले ४.२२ प्रतिशत, माविलुङ इनर्जीका लगानीकर्ताले ४.१७ प्रतिशतका दरले गुमाएका हुन्।

यससँगै आज आँखुखोला जलविद्युतको सबैभन्दा बढी शेयर कारोबार भएको छ। आज यस कम्पनीको ५५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, सिटि होटलको १९ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ।