बैंकिङ्ग डिस्कोर्शको ‘नलेज पार्टनर’ मा काठमाडौं फिनटेक 


काठमाडौं – चौथो नेशनल बैंकिङ्ग डिस्कोर्शको ‘नलेज पार्टनर’ काठमाडौं फिनटेक आवद्ध हुने भएको छ। बैंकिङ्ग समाचार र बैंकिङ्ग न्युजको आयोजनामा यही जेठ २७ गते हुनेछ। नेपालमा बैंकिङ्ग, वित्तीय प्रविधि, डिजिटल बैंकिङ र वित्तीय नवप्रवर्तनका क्षेत्रमा काम गर्दै आएको काठमाडौं फिनटेक बैंकिङ्ग डिस्कोर्शको ‘नलेज पार्टनर’ मा सहभागी हुने भएको हो।

कम्पनीले डिजिटल बैंकिङ्ग तथा फिनटेक सम्बन्धी तालिम सञ्चालन र बैंकिङ्ग नेतृत्व तथा क्षमता विकास कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ। काठमाडौं फिनटेकले वित्तीय संस्थाहरू, फिनटेक कम्पनीहरू तथा वित्तीय क्षेत्रका सरोकारवालालाई ज्ञान, सहकार्य र नवप्रवर्तनमार्फत डिजिटल युगमा सफलतापूर्वक अघि बढ्न सहयोग गर्दै आइरहेको छ।

डिस्कोर्शमा कार्यक्रममा नियामक निकाय नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय क्षेत्र, बैंकिङ्ग विज्ञ, बीमा कम्पनीहरू तथा अन्य क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहनेछ। डिस्कोर्शमा चार वटा सत्रगत विशेष छलफल हुनेछ।

डिस्कोर्शमा विशेषगरी, कहिलेसम्म थुपार्ने बैंकमा पैसाः कसरी बढाउन सकिन्छ व्यवसायीको मनोबल, कृषिमा लगानी विस्तारः बैंक, सरकार र निजी क्षेत्रको भूमिका, बैंकिङ्गको भविष्यः एआई साइबर सुरक्षा अनि फिनटेक र विकास बैंकहरूको दिगोपनः योगदान, प्रतिस्पर्धा र नीतिका विषयमा सत्रगत छलफल हुनेछन्।