जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ, १ लाख बरामद 


काठमाडौं – सुनसरीको इनरूवा नगरपालिका–६ स्थित सितल सेकुवा कर्नरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–६ बस्ने ४७ वर्षीय जुनलक राई समेत १२ जनालाई बुधवार बेलुकी प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १ हजार ७ सय ३५ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।