बैंकिङ्ग कसुर मुद्दामा एक दिन कैद तोकिएका व्यक्ति पक्राउ 


काठमाडौं  – बैंकिङ्ग कसुर मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका– ६ सानागाउँ बस्ने  गोविन्द महर्जन रहेका छन्। 
 
बैंकिङ्ग कसुर मुद्दामा १ दिन कैद र १० हजार रुपैयाँ जरिवाना तोकिए पछि उनी फरार भएका थिए।

 जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिइएको प्रहरी टोलीले उनलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतमा पेश गरिएको जनाएकाे छ।

Skip This