प्रि ओपन सेसनमा ३.२३ अंकले बढ्यो नेप्से


काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३.२३ अंकले बढेर बन्द भएको छ। यस सेसनमा ४ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, यस सेसनमा ६५ हजार ७८३ कित्ता शेयर किनबेच भएको छ।

यससँगै, कारोबारमा आएका ४५ कम्पनीमा १९ कम्पनीको शेयर मूल्य बढेको छ भने २१ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ५ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।