काठमाडौं –विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य आज स्थिर छ। चाँदीको मूल्य केही घटेको छ। नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल तीन लाख ११ हजार ३०० रूपैयाँ कायम भएको छ। मङ्गलबार पनि यही मूल्यमा कारोबार भएको थियो।
आज एक तोला चाँदी पाँच हजार ३७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। हिजो त्यति नै परिमाणको सेतो धातु रु पाँच हजार ४०५ मा किनबेच भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ४८७ र त्यति नै परिमाणको सेतो धातुको ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।






About Us
प्रतिक्रिया