बैंकिङ्ग कसुर मुद्दामा २५ हजार जरिवाना तोकिएका दुई जना पक्राउ 


काठमाडौं – प्रहरीले बैंकिङ्ग कसुर मुद्दाका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिराहाको गोलबजार घर भई हाल ललितपुरको गोदावरी बस्ने राजु मिजार र हस्ती कुमारी सार्की रहेका छन्।

उनीहरू बैंकिङ्ग कसुर मुद्दामा तीन दिन कैद र पच्चिस हजार जरिवाना तोकिए पछि फरार भएका थिए। उनीहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि  अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।