डीआईजी अञ्जनीकुमार पोखरेल एआईजीमा बढुवा


काठमाडौं – सशस्त्र प्रहरी बलका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनीकुमार पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन्। उनलाई आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको हो। 

उनलाई गत जेठ ५ गते मंगलबार बसेको बढुवा समितिको बैठकले एआईजी बढुवाका लागि सिफारिस गरेको थियो। गृह मन्त्रालयको सिफारिसमा आज बसेको मन्त्रिपरिषद्ले उनलाई बढुवा गरेको हो। उनी सिसं १ सशस्त्र प्रहरी निरीक्षक बेसिकका अधिकृत हुन्।

Skip This