काठमाडौं – ‘किङ अफ बालान’, ‘किङ अफ भगवान् पुर’, ‘किङ अफ लहान’ र ‘किलर्स ब्रदर’ जस्ता ग्रुपहरूको नाममा टिकटक, फेसबुक तथा अन्य सामाजिक सञ्जालमा युवाहरूको ग्याङ्ग बनाई शान्ति भङ्ग गर्ने २५ जना पक्राउ परेका छन्।
उनीहरू विभिन्न किसिमका गालीगलौज र धम्कीयुक्त भिडियोहरू पोस्ट गर्ने तथा ट्राफिक नियमको उल्लङ्घन गरी बिना हेलमेट, कागजपत्र साथमा नभएको तथा बिना नम्बर प्लेटको प्रत्येक मोटरसाइकलमा ३–४ जना सवार युवाहरू ट्राफिक नियमको उल्लङ्घन गर्दै शान्ति भङ्ग गरी समाजमा आतङ्क मच्चाइरहेको पक्राउ परेका हुन्। सिराहा–चोहर्वा सडक खण्डमा प्रहरीको नियमित चेकजाँचमा उनीहरूलाई फेला परेका प्रहरीले जनाएको छ।
सप्तरी, बलान बिहुल गाउँपालिकाका–१२ जना र सिरहाको लहान नगरपालिकाका २ जना, विष्णुपुर गाउँपालिकाका ६ जना र भगवान् पुर गाउँपालिकाका ५ जना गरी जम्मा २५ जना युवाहरूलाई २१ थान मोटरसाइकलसहित नियन्त्रण लिइएको प्रहरीले बताएको छ। उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया