काठमाडौं – बर्दिया र रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले अवैध रूपमा भन्सार छली गरी ल्याइएका चिनी, हार्डवेयर सामान, केरा तथा मोटरसाइकल नियन्त्रणमा लिएको छ।
बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट बेवारिसे अवस्थामा गोदाम गरी राखिएको १६ क्विन्टल चिनी तथा गुलरिया नगरपालिका–४ तुलापुर चोकबाट मोटरसाइकलसहित हार्डवेयर सामान नियन्त्रणमा लिइएको हो। त्यसैगरी, रूपन्देहीको मायादेवी गाउँपालिका–५ गोनाहाबाट मोटरसाइकल र १५० के.जी.केरा बरामद गरिएको छ।
बरामद गरिएका सामानहरूको कुल अन्दाजी मूल्य ३ लाख ८ हजार ७६० रहेको छ। नियन्त्रणमा लिइएका सामानहरू आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया