काठमाडौं – आँखामा खुर्सानीको धुलो हाली लुटपाट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको बुढानीलकण्ठ– १ सिमली गाउँ बस्ने गणेश कार्की रहेका छन्।
उनले सुकेधारामा एक जनाको आँखामा खुर्सानीको धुलो हाली सुनको सिक्री र मोबाइल लुटपाट गरी फरार भएका थिए उनलाई काठमाडौंकै जडीबुटीस्थित मनोहरा खोला कोरिडोरबाट नियन्त्रणमा लिइएको छ।
उनलाई पक्राउ गर्न क्रममा प्रहरी कर्मचारीलाई समेत खुर्सानीको धुलो आँखामा हाली खुकुरी प्रहार गर्न खोज्दा प्रहरी टोलीद्वारा खुट्टामा गोली प्रहार गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया