ठगी तथा सम्पत्ति शुद्धीकरण आरोपमा टिकटकर तुल्सा अधिकारी थाइल्यान्डबाट पक्राउ


काठमाडौं – टिकटकर तुल्सा अधिकारी पक्राउ परेकी छिन् । उनलाई थाइल्यान्डबाट पक्राउ गरी आज बिहान १ बजे नेपाल ल्याइएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता गौतम मिश्रले बताए । 

उनीविरुद्ध प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा गत साउनमै उजुरी परेको थियो ।  उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा  दायर भएको थियो । अधिकारीविरुद्ध ललितपुरका एक जना व्यवसायीले जाहेरी दिएका थिए । 

उनी भागेर विदेश गएको खुलेपछि उनीविरुद्ध रेड नोटिस जारी भएको थियो ।