क्रिप्टोकरेन्सी कारोबारमा संलग्न एक जना पक्राउ 


काठमाडौं – चितवन जिल्ला प्रहरी कार्यालयले क्रिप्टोकरेन्सी कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  काठमाडौंको बालाजु बाइपास घर भई चितवन रत्ननगर नगरपालिका– १० अनामनगर बस्ने  शिशिर गौतम रहेका छन्। 

मोबाइल मार्फत वान एक्स बेटबाट सट्टेबाजी गर्ने गरेको र बाइनासबाट अभौतिक मुद्रा सञ्चय तथा कारोबार गर्ने गरेको भनी विशेष सूचनाको आधारमा खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय टाडीँबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ। प्रहरीले उनलाई चितवनको  रत्ननगर पक्राउ गरेको हो। उनको साथबाट मोबाइल २ थान, विभिन्न बैंकको एटिएम कार्डहरू ६ थान, नगद चार हजार बरामद गरेको प्रहरीले बताएको छ। 

उनलाई नियन्त्रणमा लिई चितवन जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।