पूर्वाधार विकास मन्त्रालयमा प्रवेश गरी अभद्र व्यवहार गर्दै रकम माग्ने व्यक्ति पक्राउ


काठमाडौं – पूर्वाधार विकास मन्त्रालयमा अनधिकृत रूपमा प्रवेश गरी अभद्र व्यवहार गर्दै रकम माग गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिकोटका ३५ वर्षीय उपेन्द्रकुमार शाही रहेका छन् ।

प्रहरीका अनुसार शाहीले पूर्व सूचना तथा अनुमति बिना सिंहदरबारस्थित पूर्वाधार विकास मन्त्रालयको सचिवको कार्यकक्षमा प्रवेश गरी हुलहुज्जत र होहल्ला गरेका थिए । मन्त्रालयका कर्मचारीले उनलाई बाहिर जान आग्रह गर्दा उनले अश्लील शब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेको आरोप छ ।

शाहीलाई पक्राउ गरी आपराधिक लाभ लिन नहुने कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।