वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ५३ लाख ठगी गर्ने दुई जना पक्राउ 


काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै ५३ लाख ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा  मोरङका कमल थापा र मकवानपुरकी नितु घिमिरे रहेका छन्। 

थापाले बेलायत, रोमानिया लगायतका देशहरू पठाइदिन्छु भन्दै तीन जनाबाट २७ लाख ५० हजार र घिमिरेले अमेरिका पठाइदिन्छु भन्दै तीन जनाबाट २६ लाख ठगी गरेको खुल्न आएको छ।

उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।