काठमाडौं – रसुवाको उत्तर गया– ५ बेत्रावती बजारबाट प्रहरीले ४३ हजार अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ गंगा जमुना– ५ बस्ने ३७ वर्षीय सुशील गुरुङ रहेका छन्।
काठमाडौंबाट रसुवाको टिमुरेतर्फ जाँदै गरेको बा.प्र ०१-००६ ख ९५१५ नम्बरको बसबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
गुरुङलाई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग पठाइएको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया