चोरी मुद्दामा तीन महिना कैद सजाय तोकिएका एक जना पक्राउ 


काठमाडौं – चोरी मुद्दामा तीन महिना कैद सजाय तोकिएका एक जनालाई प्रहरीले  पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुरको पुनर्वासका महेश राना रहेका छन्। 

उनीमाथि जिल्ला अदालत कञ्चनपुरले  चोरी मुद्दामा तीन महिना कैद सजाय र १५ हजार जरिवाना फैसला गरेको थियो।