बैंकिङ्ग कसुर मुद्दामा १२ लाख बिगो तोकिएका फरार प्रतिवादी पक्राउ  


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा १२ लाख जरिवाना तोकिएका एक जना फरार प्रतिवादी पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा ललितपुरको लामा टारकी विमला राई रहेकी छिन्। 

राईलाई ७ दिन कैद ६० हजार रुपैयाँ जरिवाना १२ लाख रुपैयाँ बिगो फैसला भएको थियो। उनलाई गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिइएको प्रहरी टोलीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतमा पेस गरिएको छ।