२ करोड ५८ लाख बिगो तोकिएका फरार प्रतिवादी पक्राउ


काठमाडौं – प्रहरीले बैंकिङ्ग कसुरका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका– ४ घर भई ललितपुर बस्ने ४६ वर्षीय हर्कबहादुर बुढालाई बुधबार कलङ्कीबाट पक्राउ गरेको हो।

बुढालाई जिल्ला अदालत काठमाडौंले २०८२ पुस १ गते बैंकिङ्ग कसुर मुद्दामा पक्राउ अनुमति दिएको थियो। अदालतको अनुमति लगत्तै फरार रहेका बुढामाथि २ करोड ५८ लाख रुपैयाँ बिगो तोकिएको छ। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।