प्रहरीमा भर्ना गराइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ 


काठमाडौं – नेपाल प्रहरीको विभिन्न चरणका परीक्षामा उत्तीर्ण गराई जागिरमा लगाईदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुर्खेतको भेरीगंगा नगरपालिका– १ गुराँसे बस्ने लक्ष्मण बिक रहेका छन्। 

इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी बाँके जिल्ला अदालतबाट ठगी मुद्दामा ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।