बैंकिङ्ग कसुर मुद्दामा तीन करोड ५० लाख बिगो तोकिएका एक जना फरार प्रतिवादी पक्राउ


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका– १७ खुसिबु बस्ने नुवाकोट म्यागङ गाउँपालिका– ६ घर भएका ५३ वर्षीय सुवास प्रधानलाई आइतबार प्रहरीले पक्राउ गरेको छ। 

उनलाई बैंकिबैंकिङ्ग कसुर मुद्दामा तीन करोड ५० लाख बिगो तोकिएका प्रहरीले बताएको छ। उक्त मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपलिका–१६ नयाँ बजारबाट पक्राउ गरेको हो। 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ।