सुन्धारा कारागारको पर्खाल नाघेर भागेकी महिला कैदी असनबाट पक्राउ


काठमाडौं – सुन्धारा कारागारबाट फरार भएकी कैदी बन्दीलाई प्रहरीले पक्राउ गरेको छ। गत १ गते कारागारबाट फरार भएकी उनी आज बिहान पक्राउ परेकी हुन्।

अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान, डाँका चोरी मुद्दामा रसुवा जिल्ला अदालतको फैसला बमोजिम जन्मकैद तोकी केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा कैदमा रहेकी नुवाकोटकी सपना तामाङ पक्राउ परेकी छन्। 

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले बाँगेमुढाबाट पक्राउ गरी थप अनुसन्धानको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं बुझाएको छ।