ललितपुरमा एक महिनामा ५४ वटा आर्थिक अपराधका मुद्दा दर्ता


काठमाडौं –  जिल्ला प्रहरी परिसर ललितपुरमा एक महिनामा १६२ वटा विभिन्न अपराधका मुद्दा दर्ता भएका छन्। तीमध्ये आर्थिक अपराधका ५४  वटा उजुरी परेको छ।

प्रहरीका अनुसार ठगी, बैंकिङ्ग कसुर, चोरीलगायतका आर्थिक अपराधका उजुरी दर्ता भएका छन्। यस महिनामा प्रहरीले ३६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जसको कुल कैद अवधि १० वर्ष २ महिना  रहेको छ।

त्यस्तै, पक्राउ परेकाहरूबाट असुल हुने कुल जरिवाना रकम ५ करोड ५८ लाख ८४ हजार पुगेको प्रहरीले जनाएको छ।