काठमाडौं – अवैध रूपमा भन्सार छली ल्याउँदै गरेको विभिन्न ब्रान्डका ५६ लाख ७० हजार बराबरको १६२० थान भेपसहित आठ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकका गणेश खड्का, हिमाल खड्का, विकाश बिक, राम बहादुर बिक, विशाल रक्पाल, मंगल बहादुर थामी, कान्छा तामाङ र कैलाश तामाङ रहेका छन्।
इलाका प्रहरी कार्यालय कोदारीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा चीन तर्फबाट लुकाई छिपाई अवैध रूपमा भन्सार छली ल्याउँदै गरेको भेपसहित उनीहरूलाई पक्राउ गरेको छ।
उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि तातोपानी भन्सार कार्यालय सिन्धुपाल्चोकमा बुझाइएको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया