एक महिनामा मोरङमा ४६ वटा आर्थिक अपराधका उजुरी दर्ता 

बैंकिङ्ग कसुरका ३६ वटा


काठमाडौं – जिल्ला प्रहरी कार्यालय मोरङमा वैशाख महिनामा २४९ वटा उजुरी दर्ता भएका छन् । जसमा ४६ वटा आर्थिक अपराधका उजुरी रहेका छन्। 

प्रहरीका अनुसार, ठगीका १० वटा र बैंकिङ्ग कसुरका ३६ वटा उजुरी दर्ता भएका छन्। यस महिनामा प्रहरीले १०६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

जसको कुल कैद अवधि ७४ वर्ष  ४ महिना १२ दिन रहेको छ। त्यस्तै, पक्राउ परेकाहरूबाट असुल हुने कुल जरिवाना रकम १२ लाख ४७ हजार पुगेको प्रहरीले जनाएको छ।