महिलाको व्यक्तिगत फोटो-भिडिओ लिक गरिदिने भन्दै धम्की दिई पैसा असुल्ने युवक पक्राउ


काठमाडौं – सामाजिक सञ्जाल मार्फत महिलालाई ब्ल्याकमेल गरी पैसा लिने एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेपलान्चोकको  रोशी– ११ का समिर तामाङ रहेका छन्। 

तामाङले टिकटकलगायतका सामाजिक सञ्जालमा मार्फत् पीडित महिलाकाे व्यक्तिगत फोटो भिडीयो बाहिर ल्याइदिने धम्की दिई पैसा असुल्ने गरेका थिए।

तामाङलाई कलङ्कीबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालत बाट सात दिन म्याद थप गरी विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन र अपराधीक लाभ सम्बन्धी कसुरमा अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।