काठमाडौं – कास्कीबाट जुवातास खेल्ने आठ जना पक्राउ परेका छन्। कास्कीको मादी गाउँपालिका वडा–५ सुन पदेंलीस्थित जुवातास खेलाउने गरेको भन्ने सूचनाको आधारमा उनीहरू पक्राउ परेका हुन्।
विशेष सूचनाका आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखराको प्राविधिक सहयोगमा लोकेसन पत्ता लगाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट प्रहरीले २ लाख ८७ हजार र ४ बुक तास बरामद गरेको छ। उनीहरूलाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया