काठमाडौं – १० पटक मुद्दा खेपेका व्यक्ति फेरी पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखाका महेन्द्र बहादुर कार्की रहेका छन्।
सार्वजनिक यातायातमा यात्रुकाे पैसा चाेर्ने क्रममा उनी पक्राउ परेका हुन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई ग्वार्कोबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको जनाएको छ।
प्रहरीले उनको साथबाट २६ हजार र १ थान मोबाइल बरामद गरेको छ। साथै, कार्कीमाथि पटक-पटक गरी १० वटा मुद्दा चलेको खुल्न आएको छ।






About Us
प्रतिक्रिया