बैंकिङ्ग कसुर मुद्दामा एक दिन कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ 


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङकाे धुनिवेशी नगरपालिका– १ बस्ने विना धिताल रहेकी छिन्।

उनीमाथि अदालतले एक दिन कैद र पाँच हजार एक सय जरिवाना फैसला गरेको थियो। जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिइएको प्रहरी टोलीले उनलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतमा पेस गरेकाे छ।