जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ, ५९ हजार बरामद


चितवन– इलाका प्रहरी कार्यालय चनौलीले जुवाको खालबाट १५ जनालाई पक्राउ गरेको छ। प्रहरीले भरतपुर महानगरपालिका –२६ जुनेली गाउँ र दिव्यनगरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय तिर्थराज बास्तोलासहित १५ जनालाई पक्राउ गरेको छ।

प्रहरीले उनीहरूलाई नगद ५९ हजार २ सय २० रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्‍यक अनुसन्धान गरिरहेको छ।