काठमाडौं – नागार्जुन नगरपालिकाको रानीवन र सानो भर्याङ क्षेत्रमा शृङ्खलाबद्ध चोरी गरेको अभियोगमा दुई युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–३ का २७ वर्षीय रमेशकुमार तामाङ र काठमाडौं महानगरपालिका–९ का २९ वर्षीय प्रभातसिंह प्रधान रहेका छन्।
उनीहरूले चोरीका सामान किनबेच, व्यवस्थापन र बिक्री वितरण गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीले उनीहरूको डेराबाट चोरीको मोबाइल, ल्यापटप, नगद, मूर्ति, लागु औषध, चोरीमा प्रयोग हुने औजारलगायत बरामद गरेको छ। तामाङ सानो भर्याङ र सिंह बत्तीसपुतली क्षेत्रमा बसोबास गर्दै आएका थिए।





About Us
प्रतिक्रिया