बच्चाहरुलाई प्रलोभन देखाएर मुन्द्रा चोरी गर्ने दुई जना प्रहरीको फन्दामा


काठमाडौं – बच्चाको मुन्द्रा चोरीमा संलग्न आरोपमा प्रहरीले भक्तपुरबाट दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेको बेथानचोक गाउँपालिका–३ ढुंखर्क घर भएका २४ वर्षीय लक्ष्मण भन्ने सुनिल नगरकोटी र भारत घर भएर बनेपामा बस्दै आएका ३० वर्षीय सभंकर माजी छन्।

नगरकोटीलाई प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई सोधपुछ गर्दा चोरी गरेको मुन्द्रा माजीलाई बेच्ने गरेको भन्ने खुल्न आएकोले उनलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ।

माजीको साथबाट प्रहरीले १५ लाल बराबरको सुन समेत बरामद गरेको छ। उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

उनीहरूले भक्तपुर नगरपालिका वडा– ८ लिवालीमा बच्चा बच्चीहरुलाई जम्मा पारी चक्लेट तथा खाने कुराहरु दिई ललाई फकाई घुम्न लगी कानमा लगाएको सुनको मुद्रा चोरी गर्ने गरेका थिए।