ललितपुरमा श्रृंखलाबद्ध चोरीमा संलग्न भारतीयसहित तीनजना पक्राउ

सुनका विभिन्न गर-गहनासहित २२ लाख नगद बरामद


काठमाडौं – ललितपुरको सानेपाबाट सुनका गरगहना चोरी गरी बिक्री गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीका समीर चौधरी, ललितपुरकी पूजा शर्मा जोशी र भारतका श्रवण कुमार  रहेका छन्। 

पक्राउ पन्नेमध्येमा चौधरीले सानेपामा डेरा गरी बस्ने मिनु झाँको कोठाबाट १८ लाख ५० हजार बराबरको धनमाल र सोही स्थानमा बस्ने वविता छिनाल परियारको कोठाबाट १५ लाख ३५ हजार बराबरको सुन चाँदीका गहना चोरी गरेको थिए।

चोरी गरेको उक्त पूजा शर्मा जाेशीले कुमारलाई बिक्री गरेको प्रहरीले जनाएको छ। चौधरी, जोशी र उक्त गरगहना खरिद गरी गाल्ने काठमाडाैंका न्यूरोडस्थित रहेको कृष्णा डाईमण्ड नामक सुनचाँदी पसलका सञ्चालक कुमारलाई सामानसहित पक्राउ गरी ललितपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। 

प्रहरीले उनीहरूको साथबाट सुनको ढिक्का, सुनको चुरा, सुन रिङ, बाली, सुनको तिलहरी, सुनको चन्द्रमा र २२ लाख बरामद गरेको छ।