काठमाडौं – सुनको सिक्री चोरी गर्ने तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुलीका धन बहादुर भन्ने दान बहादुर तामाङ, सन्तोष भन्ने प्रेमलाल घिसिङ र राजु तामाङ रहेका छन्।
प्र ३–०२–०१३ प ८००१ नम्बरको मोटरसाइकल र बा ८२ प ९५६४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूले धनकुटा नगरपालिका-७ मदन चोकबाट बिष्णु कुमारी राईको घाँटीमा रहेको १ तोला २ आनाको सुनको सिक्री लुटेर फरार भएका थिए।
राईले जिल्ला प्रहरी कार्यालय धनकुटामा दिएको उजुरीको आधारमा तीनै जनालाई सुनसरीको धरान उप महानगरपालिका–८ स्थित एक होटेलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरूको साथबाट प्रहरीले सुनको लकेटसहितको सिक्री, लकेट बिनाको सिक्री, सिक्रीको लकेट, तिलहरी, कानको बेरुवा कुण्डल बेरुवा औँठी बरामद गरेको छ।






About Us
प्रतिक्रिया