भैरवी गाउँपालिकाकी अध्यक्ष शाही बैंकिङ्ग कसुर मुद्दामा पक्राउ

५ लाख ३५ हजार बराबरको चेक बाउन्स


काठमाडौं – दैलेखको भैरवी  गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही बैंकिङ्ग कसुर मुद्दामा पक्राउ परेकी छिन्। उनलाई बैंकिङ्ग कसुर मुद्दामा पक्राउ पुजी जारी भएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रवक्ता सन्तोष रोकायाले बताए।

उनका अनुसार शाहीमाथि ५ लाख ३५ हजार बराबरको चेक बाउन्स भएपछि मुद्दा परेको थियो।