५० लाख ऋण लिन श्रीमानको किर्ते हस्ताक्षर, श्रीमतीसहित दुई पक्राउ


काठमाडौं – कास्कीको पोखरा महानगरपालिका– ३० ढुङ्गेपाटनका मोहन बहादुर शाहीको नाउँमा दर्ता रहेको कास्की पोखरा –३० स्थित जग्गा धितोमा राखी उनकी श्रीमती वन्ती शाही र सुर्खेतका भद्र थापाले सहिछाप किर्ते गरी ऋण निकालेका छन्। 

शाही र थापाले मोहन बहादुर शाहीको सहिछाप किर्ते गरी सिद्धार्थ बैंक लिमिटेड शाखा कार्यालय तालचोक कास्कीमा धितो बन्धकमा राखी ५० लाख ऋण निकालेको प्रहरीले जनाएको छ। 

इलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको प्रहरी टोलीले शाही र थापा मगरलाई पक्राउ गरी  कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा पाँच दिन  म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ।