काठमाडौं – बाँकेको नेपालगंज उपमहानगरपालिका– ३ एकलैनीबाट स्रोत नखुलेको ६ लाख भारतीय रुपैयाँसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा नरैनपुर गाउँपालिका – ५ बस्ने २९ वर्षीय विरवल कुम्हार र सोही गाउँपालिका– ४ बस्ने ३८ वर्षीय मुनिफ खाँ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँके र वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।



About Us
प्रतिक्रिया