काठमाडौं – बैंकिङ्ग कसुर मुद्दाका फरार दुई प्रतिवादीलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिइएको प्रहरी टोलीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुरका सगेन्द्र महर्जन र सिन्धुपाल्चोकका अन्जन कुमार बोम्जन रहेका छन्।
प्रहरीका अनुसार उनीहरूलाई जिल्ला अदालत ललितपुरले बैंकिङ्ग कसुर मुद्दामा कैद र जरिवाना फैसला भएको थियो। महर्जनलाई बैंकिङ्ग कसुर मुद्दामा १ दिन कैद र ५ हजार जरिवाना तोकिएको थियो। साथै, बोम्जनलाई एक महिना कैद र दुई लाख जरिवाना तोकिएको थियो। तर, उनीहरू अदालतको फैसला पछि फरार भएका थिए।
सोही क्रममा उनीहरूलाई गोप्य सूचनाको आधारमा पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया