मापदण्डभन्दा कम तौलको  खाने तेल बिक्री गरेको आरोपमा एक जना पक्राउ


काठमाडौं – मापदण्डभन्दा कम तौल भएको खाने तेल सन फ्लावर बिक्री गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुरका विजय श्रेष्ठ रहेका छन्। 

उनले गोदावरीको लेलेस्थित महादेव खोलामा सञ्चालित ओमकार आयल इन्डस्ट्रिज प्रालिबाट उत्पादन हुने छहारी र ओमकार ब्राण्ड को (१ लिटर– ५०० मिली) सनफ्लावरको तोकिएको मापदण्डभन्दा कम तौल राखी प्याकेजिङ्ग गरी बिक्री वितरण गरेको खुल्न आएको छ। 

प्रहरीले ललितपुरको महादेव स्थानबाट २०० कार्टुन छहारी ब्रान्डको सन फ्लावर तेल, ईमाडोलबाट ५३० कार्टुन छहारी ब्रान्डको सन फ्लावर तेल र थसिखेलबाट १७५ कार्टुन छहारी ओमकार ब्रान्डको सन फ्लावर तेल बरामद गरेको छ।  

उनलाई नियन्त्रणमा लिई उनले भण्डारण गरेको विभिन्न ठाँउहरुबाट तेलका कार्टुनहरू बरामद गरी ठगी सम्बन्धी कसुरमा अनुसन्धान तथा आवश्यक कारवाईका जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ।