पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ३ अर्ब ६५ करोड बिगो दाबी


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठेकेदार कम्पनीलाई गैर कानुनी रूपमा कर छुट दिएको आरोपमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहित १३ जना र ठेकेदार कम्पनीमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले ठेकेदार कम्पनीलाई गैर कानुनी रूपमा कर छुट दिई ३ अर्ब ६२ करोड नोक्सानी पुर्‍याएको आरोपमा तत्कालीन अर्थमन्त्री कार्की, अर्थ मन्त्रालयका तत्कालीन सचिव शंकर प्रसाद अधिकारी, संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालयका तत्कालीन सचिव महेश्वर न्यौपानेसहित १३ जना र ठेकेदार कम्पनीमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर हो। 

आयोगका अनुसार विमानस्थल निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसी इन्जिनियरिङ कं, लिमिटेडबीच भएको खरिद सम्झौतामा ठेक्का रकमभित्रै कर, महसुल तथा अन्य शुल्क समावेश गरिएको थियो। सम्झौता अनुसार ती कर तथा शुल्क ठेकेदार कम्पनीले प्रचलित नेपाली कानुनबमोजिम आफैँ तिर्नुपर्ने व्यवस्था रहेको आयोगले जनाएको छ।

तर, अनुसन्धानका क्रममा राष्ट्रसेवक कर्मचारी तथा पदाधिकारी र ठेकेदार कम्पनीबीच मिलेमतो गरी मूल सम्झौताको प्रावधान विपरीत कार्यान्वयन सम्झौता तयार गरिएको पाइएको आयोगको अयोगले जनाएको छ। उक्त सम्झौतामा ठेकेदार कम्पनीलाई कर, महसुल तथा अन्य शुल्क छुट दिने व्यवस्था राखिएको र सोही आधारमा कम्पनीले करसमेत समावेश भएको ठेक्का रकम भुक्तानी लिए पनि राज्य कोषमा कर दाखिला नगरेको आरोप लगाइएको छ। उनीहरूले ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १ सय ६० रुपैयाँ हिनामिना गरेको आयोगको निष्कर्ष छ।