चेक अनादर मुद्दामा फरार दुई जना पक्राउ 


काठमाडौं – चेक अनादर मुद्दामा फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङका शेखर भुजेल र रमेश थापा रहेका छन्। 

पक्राउ पर्ने मध्येमा भुजेलको चेक अनादर मुद्दाका तीन वटा मुद्दा रहेका छन्। जसमा २ वटामा २५ –२५ सय जरिवाना तोकिएको छ, भने अर्को चेक अनादर मुद्दामा २ वर्ष कैद फैसला भएको थियो। 

साथै, थापाको समेत तीन वटा चेक अनादर मुद्दा रहेको प्रहरीले जनाएको छ। उनको एउटा चेक अनादर मुद्दामा ३ हजार र दुई वटा चेक अनादर मुद्दामा १–१ हजार जरिवाना तोकिएपछि फरार रहेको प्रहरीले बताएको छ। 

जिल्ला प्रहरी कार्यालय, मोरङ तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरी मोरङ जिल्ला अदालतमा पेस गरेको छ।