काठमाडौं – क्यासिनोमा जुवा खेल्ने वा खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा सिद्धार्थनगर नगरपालिका– ६ गल्लामण्डी बस्ने २२ वर्षीय अभय कुमार गुप्ता समेत १९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले उनीहरूलाई सिद्धार्थ नगरपालिका– १० स्थित रोयल कालिङ्गा क्यासिनोमा जुवा खेल्दै वा खेलाउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।
साथै प्रहरीले उनीहरूको साथबाट नगद ९५ हजार ५ सय रुपैयाँ, क्यासिनो क्वाइन ५० थान र मोबाइल १७ थान समेत बरामद गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।



About Us
प्रतिक्रिया