महासंघ एसोसिएट सदस्यमा अम्बिका पौडेल विजयी


काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) एसोसिएट सदस्यमा अम्बिका प्रसाद पौडेल विजयी भएका छन्। मंगलबार सम्पन्न महासंघको ६०औं वार्षिक साधारण सभामा भएको निर्वाचनमार्फत पौडेल एसोसिएटतर्फबाट कार्यकारिणी सदस्यमा निर्वाचित भएका हुन्।

पौडेल यसअघि पनि महासंघको कार्यकारिणी सदस्यमा नै थिए। निर्वाचनका क्रममा पौडेलले ११ सय ८३ मत ल्याएका छन्। महासंघको एसोसिएट सदस्यमा ३३ जनाको उम्मेद्वारी परेको थियो। जसमध्ये १७ जना विजयी घोषणा भइसकेको छ।