त्रिभुवन विमानस्थलबाट भन्सार छली ल्याइएका मोबाइल र ल्यापटप बरामद 


काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले भन्सार छली ल्याइएका विभिन्न मोबाइल र ल्यापटप बरामद बरामद गरेको छ। 

विमानस्थलबाट प्रहरीले २१ लाख ५७ हजार रुपैयाँ बराबरको आईफोन र सामसङ कम्पनीको मोबाइल १८ थान, विभिन्न कम्पनीका ल्यापटप ६ थान, सामसङ ग्यालेक्सीको घडी,  भेप, ल्यापटप पार्टपुजा ६ थान,  आइप्याड २ थान बरामद गरेको हो।

उक्त भन्सार छली ल्याइएका सामानहरू बरामद गरी भन्सार कार्यालय गौचरमा बुझाईएको प्रहरीले जनाएको छ।