काठमाडौं – आन्तरिक राजश्व विभागको निमित्त महानिर्देशकमा सह-सचिव रमेश अर्याल नियुक्त भएका छन् । अर्थ मन्त्रालयले रिक्त रहेको महानिर्देशकमा निमित्तका रुपमा अर्याललाई नियुक्त गरेको हो ।
अर्याल राजश्व विभागमा नै कार्यररत थिए । सरकारले गरेको सहसचिवहरूको सरुवामा तत्कालीन महानिर्देशक मदन दाहाललाई प्रदेशतर्फ सरुवा गरेसँगै उक्त पद रिक्त रहँदै आएको थियो।



About Us
प्रतिक्रिया