काठमाडौं – सर्वोच्च अदालतको आदेशले रिहा भएका व्यवसायी शेखर गोल्छामाथि प्रहरीले अर्को कसुरमा अनुसन्धान अघि बढाउने भन्दै फेरि हिरासतमा राखेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता शिव कुमार श्रेष्ठका अनुसार उनी माथि धितोपत्र सम्बन्धी कसुरमा रिहा गर्न आदेश दिएपनि बीमा सम्बन्धी कसुरमा अनुसन्धान गर्न पुनः थुनामा राखिएको हो।
विवादास्पद व्यवसायी दीपक भट्टसँग कारोबार देखिएपछि पक्राउ परेका गोल्छालाई सोमबार सर्वोच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो।
त्यसपछि उनी ५ लाख धरौटी बुझाएर रिहा भएका थिए। तर, प्रहरीले उनलाई तत्कालै बीमासम्बन्धी कसुरमा पनि अनुसन्धान गर्नुपर्ने भन्दै नियन्त्रणमा लिएको श्रेष्ठले बताए। यसअघि गोल्छा वैशाख १० गते पक्राउ गरेका थिए।



About Us
प्रतिक्रिया