काठमाडौं – काठमाडौंको इन्द्रचोकस्थित एक गहना पसलमा हतियार देखाइ लुटपाट गर्ने प्रयास गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूले वैशाख १७ मा चाँदी पसलमा प्रवेश गरेर पसल सञ्चालिका लाई पेस्तोल देखाएर दुई जना लुटेराले लुट्ने प्रयास गरेका हुन्।
पसलको सिसिटिभी फुटेजमा लुटेराले सटर लगाएर लुट्न खोजे पनि पसलमा बस्ने युवतीले प्रतिकार गरेकी थिइन्। त्यस क्रममा सुरुमा लुटेरा र युवतीबिच हातपातको अवस्था बनेको थियो। युवतीले कुर्सी उचालेर प्रहार गरेपछि सटर खोलेर ती लुटेरा भगेको थिए।
उनीहरू गत पुसमा २१ मा पनि काठमाडौंको न्युरोडबाट २ तोलाको सुनको सिक्री ४ लाख नगद, मोबाइल लुटपाटमा संलग्न रहेको खुल्न आएको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया